गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी ३ करोड ७ लाख २० हजार रुपैयाँ नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी २४ लाख ६६ हजार रुपैयाँ नाफामा थियो।
कम्पनीको आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी १८ करोड ४ लाख रुपैयाँबाट घटेर ११ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ। सरकारले सरकारी विज्ञापनका क्षेत्रमा बजेट कटौती गरेको कारण विज्ञापन आम्दानीमा उल्लेख्य कमी आएको विवरणमा उल्लेख छ। त्यस्तै, निजी क्षेत्रबाट हुने विज्ञापन खर्चमा पनि गिरावट आएको कम्पनीले बताएको छ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९ करोड ९० लाख रुपैयाँबाट घटेर ६ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ४ करोड ९२ लाख रुपैयाँबाट घटेर ५० लाख ९९ हजार रुपैयाँमा झरेको छ।
९६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५३ करोड ५५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।