सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी २ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ रहेको छ भने कुल नाफा १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ।
१० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३ अर्ब ८० करोड ४३ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १४ पैैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात ४५.७० गुणा रहेको छ।