गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ७ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.८७ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १६ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी सामान्य घटेको र खर्च बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३ प्रतिशत घटेको छ भने कुल नाफा २.३९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १२.५२ प्रतिशत बढेको छ भने कुल खर्च ४९.८६ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ २९ पैसा घटेर २ रुपैयाँ ५ पैसामा झरेको छ। चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ७७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२१.७५ गुणा रहेको छ।
३ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ६ करोड ८९ लाख रुपैयाँ छ।
