अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (AI) ओलम्पियाडमा नेपाललाई ऐतिहासिक सफलता, सिद्धान्त चतुर्वेदीलाई कांस्य पदक, तीन जनालाई विशेष प्रशंसा

Aug 14, 2026 02:20 PM Merolagani



कजाखस्तानको अस्तानामा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमत्ता ओलम्पियाड (IOAI) मा नेपाली टोलीले ऐतिहासिक सफलता हासिल गर्दै नेपालका लागि पहिलो पदक जितेको छ

सन् २०२६ अगस्ट २ देखि ८ सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा काठमाडौँको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजका विद्यार्थी सिद्धान्त चतुर्वेदीले कांस्य पदक जित्दै नयाँ इतिहास रचेका हुन्

प्रतियोगितामा नेपाली टोलीका अन्य तीन सदस्यहरू प्रसिद्ध मैनाली, पीताम्बर लामिछाने र आयुष यादवले 'विशेष प्रशंसा' (Honourable Mention) प्राप्त गरेका छन्। नेपालका चारै जना प्रतिस्पर्धी सम्मानित भई स्वदेश फर्किएका छन्

१०८ मुलुकका ४७१ प्रतिस्पर्धीबीच प्रतिस्पर्धा

कजाखस्तानको कम्पिटिटिभ प्रोग्रामिङ फेडेरेसनले आयोजना गरेको यस वर्षको ओलम्पियाड हालसम्मकै ठूलो संस्करण हो, जसमा १०८ मुलुकका ४७१ जना प्रतिस्पर्धीहरू सहभागी थिए

प्रतियोगिता अन्तर्गत अगस्ट ४ र ६ गते सञ्चालित ६-६ घण्टाका दुई चरणमा प्रतिस्पर्धीहरूले पाइथन (Python) र जुपिटर नोटबुक (Jupyter Notebook) प्रयोग गर्दै अन्तर्राष्ट्रिय वैज्ञानिक समितिले तयार पारेका मेसिन लर्निङका जटिल समस्याहरू समाधान गरेका थिए। दुवै दिनको संयुक्त अङ्कका आधारमा पदक निर्धारण गरिएको थियो

यसअघि सन् २०२४ मा बुल्गेरियाको बुर्गास र सन् २०२५ मा चीनको बेइजिङमा भएका दुई संस्करणमा पनि नेपालले सहभागिता जनाएको भए पनि कुनै पदक हात पार्न सकेको थिएन

 




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।