चार कारोबार दिनपछि नेप्से सकारात्मक, कारोबार रकम पनि बढ्यो

Aug 20, 2026 03:08 PM Merolagani



बिहीबार नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने सकारात्मक भएर बन्द भएको हो।

 

यस दिन नेप्से परिसूचक ७.१७ अंक बढेर २६२९.४० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.८८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ३ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ४७ हजार ९१९ पटकको कारोबारमा ४ अर्ब ४० करोड १४ लाख ९ हजार रुपैयाँबराबरको ९५ लाख ७६६ कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पनि माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। माउन्ट एभरेष्ट पावरको शेयरमूल्य निरन्तर सातौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने सर्वोत्तम पेन्ट्सको शेयर निरन्तर छैटौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाईमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको कुमारी धनवृद्धि योजनाको इकाईमूल्य यस दिन सर्वाधिक ९.७७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नौ वर्षे एग्रीकल्चरल बण्ड शीर्ष स्थानमा रहेको छ। यस दिन ५० करोड ६५ लाख रुपैयाँबराबरको सो बण्ड कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम ३० करोड रुपैयाँ नाघेको छ भने सोलु हाइड्रोपावरको करिब २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन छ उपसमूहको परिसूचक बढेको छ भने सात उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ०.९९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।