दुर्गा प्रसाईलाई थुनामा राख्नु पर्ने कारण माग गर्दै सर्वोच्चद्वारा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश

Aug 24, 2026 12:55 PM Merolagani



मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउका विरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै प्रसाईंलाई थुनामा राख्नुको आधार र कारण माग गरेको हो।

प्रसाईकी श्रीमती उमा प्रसाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले विपक्षीका नाममा बाटोको म्याद बाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ। प्रसाईलाई किन बन्दी बनाउनु पर्ने हो र उनलाई थुनामा राख्नुको कानुनी औचित्य के हो भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्नेछ।

सर्वोच्च अदालतले केवल जवाफ मात्र मागेको छैन, अनुसन्धानको प्रक्रियामाथि पनि चासो देखाएको छ। गत भदौ ४ गते प्रसाईको भक्तपुरस्थित घरमा खानतलासी गर्दा प्रहरीले बरामद गरेका भनिएका सामानहरू समेत आगामी पेसीका दिन अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई कडा निर्देशन दिइएको छ।

प्रसाईलाई साइबर अपराधको आरोपमा पक्राउ गरी हाल प्रहरी हिरासतमा राखिएको छ। प्रसाई पक्षले भने उनलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएको थियो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।