आयोगले कम्पनीलाई ५२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशनका लागि मात्र अनुमति दिएको हो । १५ प्रतिशत बोनस शेयर वितरण पश्चात कायम कम्पनीको चुक्ता पूँजी ५७ करोड ५० लाख रुपैयाँ पुगेको आधारमा शतप्रतिशत हकप्रदको माग गरिएकाेले शेयर निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ ।
यता, कम्पनीले भने १ बराबर १ को राइट सेयर पाउने गरी विद्युत् नियमन आयोगमा पुनरावेदनमा जाने गरी सञ्चालक समितिको तयारी छ ।
आयोगले तोकेको शर्त अनुसार हकप्रद शेयर मार्फत संकलन हुने रकम मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको सिसुवाखोला जलविद्युत आयोजनामा स्वपूँजी लगानीका लागि खर्च गर्ने भएकाेछ । त्यसैगरी, बाँकी रहेको पूँजी अपर हेवाखोला साना जलविद्युत आयोजना निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट लिइएको आवधिक कर्जा भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।
संखुवासभामा अवस्थित ८.५ मेगावाट क्षमताको आयोजना हो । कम्पनीको बिक्री प्रबन्धक रिलायबल इन्भेष्टमेन्ट एण्ड मचेन्ट क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि मात्र लगानीकर्ताका लागि हकप्रद शेयर खुला हुनेछ ।