बानेश्वरमा महिला प्रहरीमाथि हातपात गर्ने एक पुरुष पक्राउ

Aug 25, 2026 03:52 PM Merolagani



काठमाडौंको नयाँ बानेश्वरमा डिउटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–१०, बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत छन् ।

मंगलबार बिहान बानेश्वर क्षेत्रमा डिउटीमा खटिएकी महिला प्रहरी जवानले कठायतलाई जथाभावी रूपमा सडक पार नगर्न आग्रह गरेकी थिइन् । त्यसपछि उनी प्रहरीमाथि नै जाइलागेका थिए ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।