प्रि ओपन सेसन अपडेटः करिब ३ अंक घट्यो नेप्से

Aug 26, 2026 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५.३० अंक घटेर २५९४.२७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.९५ अंक घटेर २५९१.३२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२७ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ५३ स्टकको १११ पटकको कारोबारमा ९६ लाख १७ हजार ७४० रुपैयाँ ४० पैसाबराबरको ३५ हजार १९० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।