तिब्बततर्फ हिमताल फुटेको आशंका

Aug 26, 2026 12:25 PM Merolagani



तिब्बततर्फ माथिल्लो क्षेत्रमा हिमताल फुटेपछि आएको बाढीका कारण भोटेकोसी नदीमा बुधबार बिहान एक्कासी जलसतह बढेको आशंका गरिएको छ।

अचानक आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। भोटेकोसीमा आएको बाढीको बहाव तलतर्फ बढेसँगै त्रिशूली नदी आसपासका बस्तीमा समेत जोखिम बढेको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी आएको समयमा जिल्लाको सदरमुकाम क्षेत्रमा वर्षा भएको थिएन। जिल्लाभित्र उल्लेख्य वर्षा नभए पनि नदीमा एक्कासी ठूलो बाढी आउनुले माथिल्लो क्षेत्रमा कुनै प्राकृतिक घटना भएको हुन सक्ने अनुमान गरिएको हो।

प्रारम्भिक रूपमा तिब्बततर्फ हिमताल फुटेको वा माथिल्लो क्षेत्रमा नदी थुनिएर एक्कासी खुलेका कारण ठूलो परिमाणमा पानी तल आएको हुन सक्ने आशंका गरिएको छ।

बाढीको वास्तविक कारण र माथिल्लो क्षेत्रमा भएको घटनाबारे थप विवरण संकलन भइरहेको छ। यसैबीच भोटेकोसी हुँदै त्रिशूली नदीको जलसतहसमेत बढेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।