नेपाली सेनाका अनुसार टिमुर क्षेत्रबाट ४ र स्याप्रुबेँसी क्षेत्रबाट ३ गरी ७ जनाको उद्धार गरिएको हो ।हेलिकप्टर अहिले बस्न सक्ने अवस्था नभएकाले बास्केटमार्फत उद्धार गरेर हेलिकप्टरमा राखिएको छ ।
अहिले नेपाली सेनाका चार हेलिकप्टर टिमुर, स्यार्पुवेशी, मेलुङ र त्रिशुलीमा परिचालित छन् । त्रिशुलीमा नेपाली सैनिक अस्पताल छाउनीबाट २० जनाको मेडिकल टिम समेत खटिएको छ ।