अघिल्लो कारोबार दिन अर्थात बुधबार ३५.९२ अंक घटेर २५५८.३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.३६ अंक घटेर २५५३.९९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५१ अंक घटेको छ।
बिहीबार प्रि ओपन सेसनमा ४९ स्टकको ११० पटकको कारोबारमा २६ लाख ३५ हजार ३९६ रुपैयाँ ९० पैसाबराबरको ६ हजार ९०४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।