स्याफ्रुबेँसी आइपुग्यो बाढी, चितवनसम्म उच्च सतर्कता अपनाउन आग्रह

Aug 28, 2026 01:04 PM Merolagani



चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा शुक्रबार (भदौ १२) मध्याह्न पुनः पानीको सतह उल्लेख्य बढेको छ । बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको छ ।

त्रिशूली नदीतटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

“भदौ १२, दिउँसो १२ः३१ बजे । भोटेकोसी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको हुँदा त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ,” महाशाखाले भनेको छ ।

यही भदौ १० गतेको भीषण बाढीपश्चात् तिब्बतमा ल्हेन्दे खोला थुनिएर बनेको ताल फुटेर पानी बग्न थालेको नेपाल प्रहरीले जनाएको छ ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।