दैवी प्रकोप उद्धार कोषमा ऊर्जा क्षेत्रको ऐक्यबद्धता, बुधबार थप २ करोड १२ लाख सहयोग

Sep 02, 2026 04:09 PM Merolagani



राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच ऊर्जा क्षेत्रका तीनवटा निकायले उक्त सहयोग रकमको चेक मन्त्री विराज भक्त श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।

सहयोग गर्ने निकायहरूमा विद्युत् नियमन आयोगले १ करोड रुपैयाँ, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेडले १ करोड १ लाख रुपैयाँ र ग्रिन भेन्चर लिमिटेडले ११ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

यसअघि मंगलबार मात्रै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आफ्ना सदस्य कम्पनीहरूबाट संकलित १३ करोड रुपैयाँ मन्त्री श्रेष्ठमार्फत कोषमा जम्मा गरिसकेको छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।