त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार

Sep 04, 2026 10:10 AM Merolagani



त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ । उनीहरूको १० औँ दिनमा जीवितै उद्धार गरिएको हो ।

जीवितै उद्धार गरिएकामा सञ्जय साह र कविर महर्जन रहेका छन् । यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो ।

जीवितै रहेको संकेत पाएपछि नेपाली सेनाका उद्धार टोलीले उद्धार कार्य तीव्र पारेका थिए ।


.




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।