सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’

Sep 04, 2026 04:13 PM Merolagani



१० भदौको रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली ३ एको सुरुङभित्र फसेका ललितपुरका कविर महर्जनको शुक्रवार १० दिनपछि जीवितै उद्धार भयो ।

नेपाली सेनासहित विज्ञ र प्राविधिहरुको टोलीले महर्जनको शुक्रवार विहान सकुशल उद्धार गरी काठमाडौं ल्याइएको छ । उनको अहिले सैनिक अस्पताल छाउनीको आईसीयू कक्षमा उपचारमा भइरहेको छ । श्रीमानलाई भेट्न सैनिक अस्पताल पुगेकी उनकी श्रीमति हीराशोभा महर्जनले महर्जन सकुशल फर्किंदा परिवारमा खुसीको सीमा नभएको बताइन् ।

उनले श्रीमानले शुरुमा आफूलाई चिन्न नसकेको भएपनि अहिले अवस्था ठिकै रहेको बताइन् । उनले खुट्टामा थोरै चोट र शरिर समेत पहेँलो भएको कारण चिकित्सकको निगरानीमा रहेको बताइन् ।

उनले भनिन्, ‘अहिले ठिकै छ, अलिअलि बोल्नुभएको छ । आउने बेलामा त त्यस्तो बोल्न सकिराख्नुभएको थिएन । मलाई नै चिन्नु भएन शुरुमा त । अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ । खुट्टामा थोरै चोट लागेको छ । उहाँको सबै शरिर नै पहेँलो भएको छ । उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन । उहाँ फर्किँदा हामी एकदमै खुसी छौँ । परिवारमा सबै खुसी हुनुभएको छ । नेपाल आर्मीले उहाँको जीवन बचाइदिनुभएकोमा धन्यावाद ।’ उनी मेकानिकल सुपरभाइजर हुन् ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।