काठमाडौँ उपत्यकामा ग्यास अभाव बढेपछि दैनिक पैँतिस हजार सिलिन्डर पठाइँदै

Sep 06, 2026 07:17 AM RSS



काठमाडौँ उपत्यकामा ग्यास अभाव बढेपछि उपत्यकाबाहिरका जिल्लाबाट अहिले दैनिक औसत ३५ हजार सिलिन्डर पठाउन थालिएको उद्योगीले बताएका छन् ।

कृष्णभिरसहित पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि ग्यास बुलेट काठमाडौँ पुग्न सम्भव नभएपछि अहिले काठमाडौँबाहिरबाटै सिलिन्डर भरेर पठाउन थालिएको छ । 

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द काठमाडौँ उपत्यकामा ग्यासको अभावलाई हटाउन उद्योगीले चितवन, मकवानपुर, बारा, पर्सालगायतका क्षेत्रमा सिलिन्डर भरेर काठमाडौँ पठाउँदै गरेको बताए  । “हामीले बिहीबार २४ हजार शुक्रबार ३४ हजार सिलिन्डर काठमाडौँ पठाएका छौँ,” उनले भने, “शनिबार पनि ३५ हजार सिलिन्डर काठमाडौँ पुगेको छ ।”