अग्रवाल सेवा केन्द्रका सदस्यहरूको तर्फबाट अध्यक्ष गिरधारी अग्रवालले उक्त रकमको चेक अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
बाढी प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको सेवा केन्द्रले जनाएको छ।
यसैगरी, अग्रवालले युवा मञ्चमार्फत थप १० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने योजनाबारे पनि अर्थमन्त्री वाग्लेलाई जानकारी गराएका छन्।