रसुवा–भोटेकोशी बाढीमा परेर ज्यान गुमाउनेको संख्या १७७ पुग्यो

Aug 27, 2026 01:58 PM Merolagani



रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १७७ पुगेको छ। प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो।

बाढीपछि नदी तटीय क्षेत्रमा सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार चितवनमा मात्रै ५२ जनाको शव फेला परेको छ।

एसएसपी राजेन्द्र धमलाका अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा हालसम्म १०६ जनाको शव भेटिएको छ। यस्तै, बाढीको केन्द्रबिन्दु रसुवामा १६ जना, नुवाकोटमा १७ जना र धादिङमा २१ जनाको शव फेला परेको छ।

गण्डकी प्रदेशअन्तर्गत गोरखा र पूर्वी नवलपरासीका नदी तटीय क्षेत्रमा पनि शव फेला परेका छन्। प्रहरीले ती शवको पहिचान गर्ने प्रयास गरिरहेको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा शव संकलन कार्यलाई प्रहरीले निरन्तरता दिएको छ।




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।