बाढीपछि नदी तटीय क्षेत्रमा सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार चितवनमा मात्रै ५२ जनाको शव फेला परेको छ।
एसएसपी राजेन्द्र धमलाका अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा हालसम्म १०६ जनाको शव भेटिएको छ। यस्तै, बाढीको केन्द्रबिन्दु रसुवामा १६ जना, नुवाकोटमा १७ जना र धादिङमा २१ जनाको शव फेला परेको छ।
गण्डकी प्रदेशअन्तर्गत गोरखा र पूर्वी नवलपरासीका नदी तटीय क्षेत्रमा पनि शव फेला परेका छन्। प्रहरीले ती शवको पहिचान गर्ने प्रयास गरिरहेको जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा शव संकलन कार्यलाई प्रहरीले निरन्तरता दिएको छ।