अघिल्लो कारोबार दिन अर्थात सोमबार २५.५५ अंक बढेर २५८५.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ८६.०५ अंक बढेर २८७१.०९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १४.८७ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा २६१ स्टकको १ हजार ६०७ पटकको कारोबारमा १२ करोड ३५ लाख ५ हजार ९४४ रुपैयाँ १० पैसाबराबरको २ लाख ८५ हजार ८१० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५४ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।