अघिल्लो कारोबार दिन अर्थात बुधबार २१.१९ अंक घटेर २६१२.४२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.६९ अंक बढेर २६१६.१२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६१ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ९३ स्टकको १८२ पटकको कारोबारमा १ करोड ८२ लाख ५२ हजार ३९४ रुपैयाँ ७० पैसाबराबरको ३८ हजार ५६९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३७ स्टकको मूल्य बढेको छ भने ४६ स्टकको मूल्य घटेको छ। बाँकी १० स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।