नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ खरिदबिक्री भएको छ। बुधवारको बजारमा सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो।
त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी प्रतितोला चार हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।
