नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँ खरिदबिक्री भएको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला तीन लाख तीन हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य बढेको छ।
त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रवार चाँदी प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।
