समाधान भयो डाटा हबमा देखिएको प्राविधिक समस्या, आजदेखि पुनः शेयर कारोबार सञ्चालन हुने

Sep 22, 2026 08:47 AM Merolagani



नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का ७२ कारोबार सदस्यहरुको डाटा सेन्टरका रुपमा रहेको डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको छ।

यससँगै आज (असोज ६ गते) देखि पुनः शेयर कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ।

प्राविधिक समस्याका कारण हिजो अर्थात असोज ५ गते, सोमबार नियमित शेयर कारोबार हुन सकेको थिएन।