आकाश भैरव सेक्युरिटज लिमिटेडकाे चाैथाे साधारण सभा सम्पन्न

Sep 19, 2026 04:59 PM Merolagani



आकाश भैरव सेक्युरिटज लिमिटेड ( broker no 81 ) काे चाैथाे साधारण सभा ललितपुरकाे भिभान्ता हाेटलमा  सम्पन्न भएकाे छ।

कम्पनीकाे साधारण सभाले  अार्थिक बर्ष २०८२/८३ काे मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत नगद लाभाँश दिने निर्णय गरेकाे छ । गत बर्ष पनि कम्पनीले १५ प्रतिशत नै लाभाँश बितरण गरेकाे थियाे ।

कम्पनीका प्रवन्ध सन्चालक सीए महेश खनालले साधारण सभाले आफ्ना ग्राहकहरुकाे लागि मार्जिन ल्याण्डिङ कर्जा प्रवाह गर्ने निर्णय गरेकाे जानकारी दिए ।

साे अवसरमा कम्पनीका अध्यक्ष मन बहादुर राईले कम्पनीले व्यापार बिस्तारका लागि थप रणनीतिक याेजनाहरु ल्याउने जानकारी गराए ।

ललितपुरकाे भनिमण्डलमा कार्यालय रहेकाे आकाश भैरव सेक्युरिटजले छाेटाे समयमै   नयाँ ब्राेकर कम्पनीहरुबाट राम्राे व्यापार गरिरहेकाे छ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।