तीन स्थानमा पहिरो खस्दा कान्तिलोकपथका सडक पूर्ण रूपमा अवरुद्ध

Sep 25, 2026 10:27 AM Merolagani



निरन्तरको वर्षाका कारण कान्तिलोकपथ सडक खण्डको तीन विभिन्न स्थानमा ठूलो पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे, पयाङधुर र टिकाभैरवमा पहिरो खसेकाे हाे। पहिरो खसेकाले दुवैतर्फबाट सवारी साधनको आवतजावत ठप्प बनेको छ।

सडक विभाग र स्थानीय प्रहरीको टोली पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन खटिसकेको छ। 

मकवानपुरतर्फको कान्तिलोकपथ सडकखण्ड भने हालसम्म कुनै अवरोध नरहेको बताइएकाे छ।