सुनचाँदीको मूल्य घट्ने क्रम जारी

Sep 25, 2026 10:52 AM Merolagani



असोज ९ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँ खरिदबिक्री भएको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो। पछिल्ला दिन सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भएको छ। 

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।