सुन र चाँदी दुवैको मूल्य घट्यो

Sep 28, 2026 10:56 AM Merolagani



असोज १२  गते, सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ५ हजार रुपैयाँ र चाँदी प्रतितोला १ सय ४५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।




दुई कम्पनीको शेयरमूल्य समायोजन

Sep 24, 2026 06:41 AM

असोज ८ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो।