सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित भारतीय नागरिक पक्राउ

Sep 28, 2026 03:18 PM Merolagani



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ४६ वर्षीय अस्लाम शोकत रहेका छन्। उनलाई आइतबार दिउँसो विमानस्थलबाट करिब ४२२ ग्राम ४ सय मिलिग्राम तौलको सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित पक्राउ गरिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरबाट खटिएको प्रहरीले मुम्बईबाट काठमाडौं आएको इन्डिगो एयरको उडानबाट ओर्लिएका शोकतलाई उक्त पदार्थसहित फेला पारेको जनाएको छ।

प्रहरीले बरामद पदार्थ सुन नै हो वा होइन भन्ने विषय आवश्यक परीक्षण तथा अनुसन्धानपछि खुल्ने जनाएको छ।

पक्राउ परेका शोकतलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।