सरकारले व्यक्तिगत इगो साट्न राज्यसत्ताको दुरुपयोग गर्‍योः नेता शाही

Sep 28, 2026 04:25 PM Merolagani



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारले व्यक्तिगत इगो साट्नका लागि राज्यसत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाए ।

सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विधि र प्रक्रिया मिचेर गरिएको गिरफ्तारीले सरकारको छवि धुमिल भएको बताएका हुन् । नेता शाहीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीको प्रसंग उठाउँदै कानूनी राज्यको उपहास भएको जिकिर गरे । उनले भ्रष्टाचार र अपराधको अनुसन्धानमा सरकार छनोटपूर्ण बनेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने, ‘कोही पनि व्यक्तिलाई पक्राउ गर्नुहुन्न भन्ने होइन, तर पक्राउ गर्दा कानुनी आधार र अदालतको पक्राउ पुर्जी अनिवार्य हुनुपर्छ । प्रमाणबिना राति ३ बजे पक्राउ गर्नु र पछि छाड्नु बालहठ मात्र हो । ९ अर्ब रुपैयाँ घोटालाको आरोपी जिबी राई, वाइडबडी काण्ड, ४ जी र एनसेलका दोषीहरू खुला हिँडिरहेका छन् । तर सरकारले व्यक्तिगत प्रतिशोधका लागि मात्र शक्ति प्रयोग गरिरहेको छ । यस्ता हर्कतले हिजोको र आजको सरकारबीच कुनै भिन्नता देखिँदैन । तपाईंहरूले जसरी इगो साट्न पक्राउ गर्ने खेल शुरु गर्नुभएको छ, यसको हिसाव किताव भोलि जनताले माग्छन् ।’

शाहीले सरकारलाई सुशासनको मार्गमा अघि बढ्न सुझाव दिँदै यदि सरकारले भ्रष्टाचार विरुद्ध वास्तविक कदम चाल्ने हो भने आफ्नो दलले साथ दिने प्रतिवद्धता जनाए । यद्यपि, राज्यसत्ताको दुरुपयोग जारी रहे जनता सडकमा आउन बाध्य हुने चेतावनी उनले दिए।




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।