अवरुद्ध सडक धमाधम खुल्न थाले

Sep 29, 2026 11:34 AM Merolagani



बाढी र पहिरोका कारण अवरुद्ध बनेका राजमार्गहरू पहिरो पन्छाएर खुलाउने क्रम जारी छ । जसका कारण अवरुद्ध सडकहरू खुलाउन थालिएको छ ।

सडक विभागका अनुसार आइतबार बिहानसम्म काठमाडौं उपत्यका जोड्ने विभिन्न राजमार्गहरू सञ्चालनमा छन् ।

बीपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ती लोकपथ, त्रिभुवन राजपथ, अरनिको राजमार्ग, बल्खु-कुलेखानी-भीमफेदी-हेटौँडा सडक सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ ।

यसमध्ये केही सडक एकतर्फी र अधिकांश स्थानमा दुईतर्फी सञ्चालनमा रहेका विभागले जानकारी दिएको छ ।




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।