महाकालीमाथिको झोलुङ्गे पुल भाँचियो

Sep 30, 2026 10:16 AM Merolagani



महाकाली नदीमाथि रहेको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल भाँचिएपछि आवागमन अवरुद्ध भएको छ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित पुलको दोधारातर्फको करिब ५–६ मिटर भाग माथि उठेपछि केही समयदेखि आवतजावतमा समस्या हुँदै आएको थियो। त्यसपछि पुलको पिल्लरसमेत भत्किएर संरचना भाँचिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पुल भाँचिएसँगै उक्त मार्ग हुँदै हुने आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ। पुलको संरचना भाँचिएपछि स्थानीयवासी तथा यात्रुहरूलाई आवतजावतमा थप समस्या भएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।