काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणको समय तय नभए पनि दुवै पक्ष सकारात्मक रूपमा छलफलमा रहेको जानकारी दिएका हुन् ।
परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभा नेपालको हित प्रवर्द्धनका लागि निकै फलदायी रहेको दाबी गरे । उनले महासभाका क्रममा विश्वभरका राष्ट्र तथा सरकार प्रमुखहरूसँग भएको भेटघाटलाई नेपालको राष्ट्रिय स्वार्थ र बाढीपछिको विपद् व्यवस्थापनका मुद्दाहरू विश्व मञ्चमा राख्न सदुपयोग गरेको बताए । उनले नेपालको राष्ट्रिय हितका लागि प्राप्त अवसरहरूको उच्चतम प्रयोग गरिएको स्पष्ट पारे । प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधिएको प्रश्नमा मन्त्री राणाले सरकार बनेलगत्तै भारतबाट भ्रमणको निम्तो प्राप्त भएको स्मरण गराए ।
मन्त्री खनालले भने, ‘सरकार गठन भएलगत्तै प्राथमिकताका आधारमा भारत र चीनको भ्रमण गरी दुवै छिमेकी मुलुकसँग नेपालका प्राथमिकताका विषय स्पष्ट रूपमा प्रस्तुत गरेका थियौँ । संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा विश्वभरका सरकार तथा राष्ट्र प्रमुख र परराष्ट्रमन्त्रीसँग द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्ने अवसरलाई पनि अधिकतम उपयोग गर्दै नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेका छौँ । यस क्रममा भोटेकोशी बाढीपछिको विपद् अवस्था र जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा प्रश्तुत गर्दै सम्भव भएसम्म सबै अवसरको उपयोग गरिएको छ । प्रधानमन्त्रीज्युको भारत भ्रमणका विषयमा प्रारम्भदेखि नै निमन्त्रणा प्राप्त भएको र नेपालले त्यसलाई सकारात्मक रूपमा लिएको छ । उपयुक्त समयमा परिणाममुखी भ्रमण गर्ने विषयमा दुवै पक्ष सकारात्मक छन् । यद्यपि भ्रमणको मिति भने अहिलेसम्म तय भइसकेको छैन ।’
सरकारले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले भ्रमणले सम्बन्धलाई अझ सुदृढ र नतिजामूलक बनाउने विश्वास व्यक्त गरे ।