अटो बजारमा फेस्टिभ अफरको लहर, कुन कम्पनीका कस्तो सुविधा योजना ?

Oct 01, 2026 11:22 AM Merolagani



दशैं, तिहार तथा छठपर्वलाई लक्षित गर्दै नेपालका सवारीसाधन बिक्रेताहरूले धमाधम फेस्टिभ अफर सार्वजनिक गर्न थालेका छन्।

ग्राहक आकर्षित गर्न कम्पनीहरूले नगद छुटदेखि बीमा, सडक कर, चार्जर, निःशुल्क सर्भिसिङ र विस्तारित वारेन्टीसम्मका सुविधा घोषणा गरेका छन्।

चाडपर्वमा सवारीसाधनको बिक्री बढ्ने भएकाले कम्पनीहरूले बिक्री प्रवर्द्धनसँगै पुरानो स्टक व्यवस्थापन गर्न समेत यस्ता अफर ल्याउने गरेका छन्। यसपटक विभिन्न ब्रान्डले १ लाखदेखि १२ लाख रुपैयाँसम्म नगद छुट घोषणा गरेका छन्।

कुन ब्रान्डमा कस्तो अफर ?

हुन्डाईले ३ लाख रुपैयाँसम्म नगद छुट, स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्म जित्न सकिने योजना ल्याएको छ। ग्राहकले एक वर्षको बीमा र सडक कर निःशुल्क तथा ३ वर्षको वारेन्टी र ६ वर्षसम्म निःशुल्क सर्भिसिङ पाउनेछन्।

एमजीका विद्युतीय कार खरिदमा ३ लाख रुपैयाँसम्मको लाभ दिइएको छ। यसमा बीमा, एक वर्षको सडक कर, फाइनान्स तथा एक्सचेन्ज सुविधा समावेश छन्।

आइकार भी२३ मा २ लाख रुपैयाँ नगद छुट दिइएको छ। ५३ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको यो मोडल अब ५१ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ। साथै, ११ वर्षसम्मको विस्तारित वारेन्टी, एक वर्षको कर तथा बीमा र ७ किलोवाटको चार्जर निःशुल्क दिइनेछ।

ओमोडा ई५ मा १ लाख, जेको जे५ मा ३ लाख र जेको जे६ टीमा २ लाख रुपैयाँ नगद छुट घोषणा गरिएको छ। यी मोडलमा एक वर्षको कर, बीमा र ७ किलोवाटको वाल चार्जरसमेत निःशुल्क दिइनेछ।

एक्सपेङ जी६मा सबैभन्दा धेरै अर्थात् १२ लाख रुपैयाँसम्मको छुट घोषणा गरिएको छ। साथै, ६।६ किलोवाटको वालमाउन्ट चार्जर, एक वर्षको बीमा र सडक दस्तुर निःशुल्क उपलब्ध गराइनेछ।

ग्रेटवाल मोटरले ओरा फाइभमा २ लाख र हाभाल जोलियन म्याक्समा ३ लाख रुपैयाँसम्म छुट दिएको छ। साथै, बीमा, सडक दस्तुर, स्पेयर टायर, चार्जर तथा एसेसरिज उपलब्ध गराइनेछ।

होण्डाले आफ्ना विभिन्न मोडलमा १० लाख रुपैयाँसम्म नगद छुट दिने घोषणा गरेको छ। सीआर–भी, एलिभेट, सिटी र सिटी हाइब्रिडलगायत मोडलमा एक वर्षको सडक कर र फुल इन्स्योरेन्स निःशुल्क दिइनेछ। पुरानो गाडी साट्ने ग्राहकले एक्सचेन्ज बोनससमेत पाउनेछन्।

त्यस्तै, जीएसी आयोनका विद्युतीय सवारीमा ९ लाख रुपैयाँसम्मको छुट घोषणा गरिएको छ। यसमा एक्सचेन्ज बोनस, एक वर्षको कर, बीमा र ६.६ किलोवाटको होम चार्जर निःशुल्क उपलब्ध गराउने योजना छ।

चाडपर्व नजिकिँदै जाँदा थप ब्रान्डले समेत नयाँ अफर सार्वजनिक गर्ने तयारी गरेका छन्। यसले दशैं–तिहारको मुख्य बिक्री सिजनमा अटो बजारमा प्रतिस्पर्धा थप बढ्ने देखिएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।