करदाता प्रोत्साहन उपहार कार्यक्रमका लागि आज बिल पेसको अन्तिम दिन

Oct 01, 2026 05:39 PM Merolagani



अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले पाक्षिक रूपमा सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागिताका लागि बिहीबारसम्म बिल बुझाउनुपर्नेछ ।

असोज १ गतेदेखि १५ गतेसम्मको उपहार कुपन आश्विन १६ गते खोलिने विभागले जनाएको छ । उक्त अवधिभित्र नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताहरूले आश्विन १५ गते बिहीबारभित्र खरिद बिल सम्बन्धी विवरण प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्न सक्नेछन् ।

उपहार कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन अर्थ मन्त्रालयले अनुरोध गरेको छ । सबै व्यवसायीहरूलाई वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिलबीजक जारी गर्न पनि भनिएको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।