सुरुङ मार्गमा ट्राफिक नियम उल्लंघन गर्ने २०० बढी कारबाहीमा

Oct 02, 2026 08:45 AM RSS



उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुंगास्थित सुरुङ मार्गमा ट्राफिक नियम उल्लंघन गर्ने २८४ जना सवारी चालकलाई कारबाही गरेको छ ।

सुरुङ मार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभाबी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले नागढुंगास्थित सुरुङ मार्ग सञ्चालनमा आएदेखि हालसम्म ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेलाई कारबाहीको दायरामा ल्याइएको जानकारी दिए। “सुरुङ मार्गमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा सवारी चलाउन पाइन्छ । सोहीअनुसारको सूचना बोर्ड राखिएको छ । उक्त नियम उल्लंघन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइएको छ”, प्रवक्ता सुवेदीले भने।

ट्राफिक प्रहरीले सुरुङ मार्ग प्रयोग गर्दा अन्य सडकको तुलनामा थप संवेदनशील भएर सवारी चलाउन चालकलाई आग्रह गरेको छ । सुरुङभित्र लेन अनुशासन कायम गर्ने, निर्धारित गतिको पालना गर्ने, अनावश्यक हर्न नबजाउने तथा ओभरटेक गर्दा विशेष सावधानी अपनाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

बिहीबारमात्रै सुरुङ मार्गमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने १३ चालक कारबाहीमा परेका छन् ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।