बैंकले ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले एथलेट ल्यान्ड एन्ड ट्रेनिङ क्लबसँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको जनाएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले क्लबका विभिन्न सेवामा ७.५ प्रतिशतदेखि १७.५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
क्लबमा जिम, बक्सिङ, एडभान्स्ड कार्डियो, ग्रुप फिटनेस क्लासेस, जुम्बा, योगालगायतका सेवा उपलब्ध रहेको बैंकले जनाएको छ। साथै, वर्कआउटपछि रिल्याक्सेसनका लागि सौना सुविधासमेत उपलब्ध रहेको बताइएको छ।
उक्त छुट तथा सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार सम्झौताको उद्देश्य ग्राहकलाई बैंकिङ सेवासँगै थप सुविधा उपलब्ध गराउनु हो।