कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने, नाना र छाना आफ्नै, खाना पार्टीको

Oct 02, 2026 03:03 PM Merolagani



नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने भएका छन्। पार्टी कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई यस्ताे जानकारी दिएका हुन्।

उनका अनुसार देश शोक र विपत्तिको अवस्थामा रहेकाले महाधिवेशनमा विगतमा जस्तो झाँकी, सजावट तथा अन्य तामझाम गरिने छैन। महाधिवेशनलाई मितव्ययी ढंगले सम्पन्न गर्ने तयारी कांग्रेसको छ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि खानाको व्यवस्था भने पार्टीले नै गर्ने भएको छ। भृकुटीमण्डपमा बिहान, दिउँसो र बेलुकाको खाना उपलब्ध गराउने तयारी गरिएको प्रवक्ता चालिसेले बताए। तर प्रतिनिधिको आवासको व्यवस्था भने पार्टीले नगर्ने भएको छ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।

 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।