कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने, नाना र छाना आफ्नै, खाना पार्टीको

Oct 02, 2026 03:03 PM Merolagani



नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने भएका छन्। पार्टी कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई यस्ताे जानकारी दिएका हुन्।

उनका अनुसार देश शोक र विपत्तिको अवस्थामा रहेकाले महाधिवेशनमा विगतमा जस्तो झाँकी, सजावट तथा अन्य तामझाम गरिने छैन। महाधिवेशनलाई मितव्ययी ढंगले सम्पन्न गर्ने तयारी कांग्रेसको छ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि खानाको व्यवस्था भने पार्टीले नै गर्ने भएको छ। भृकुटीमण्डपमा बिहान, दिउँसो र बेलुकाको खाना उपलब्ध गराउने तयारी गरिएको प्रवक्ता चालिसेले बताए। तर प्रतिनिधिको आवासको व्यवस्था भने पार्टीले नगर्ने भएको छ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।