नेपाली कांग्रेसको १५ औं महाधिवेशन समारोहमा बोल्दै उनले अहिले शक्तिशाली सरकार र जिम्मेवार प्रतिपक्ष रहेको बेलामा सबै दलहरुबीच नविन समझदारी बनाउनुपर्ने बताए ।
उनले जलवायु परिवर्तनबाट नेपालले भोगेको समस्या र त्यसको समाधानका लागि सबै दलबीच साझा समझदारी हुनुपर्ने बताए । ‘जलवायु परिवर्तनको मुद्दामा हामी सबै राजनीतिक दलबीच नविन समझदारी आवश्यक छ,’ उनले भने ।
उनले संविधान संशोधनको विषय पनि सबैको साझा दायित्व र अपनत्व हुनुपर्ने बताए । सरकारले संविधान संशोधन गर्दा संविधान निर्माणका बेला योगदान पुर्याउने र अहिले संसदमा नभएका दल र राजनीतिक नेतृत्वलाई समेटेर अघि बढाउनुपर्ने बताए ।