नेपाली कांग्रेसको १५ औं महाधिवेशन मूल समारोहमा बोल्दै उनले विगतका एक दुइ दशकमा आम नागरिकका जायज मागहरु पूरा गर्न आफुहरु चुकेको बताए ।
उनले विगतमा प्रधानमन्त्री पद म्युजिकल चेयरमा घुमेको र आम नागरिकका मुद्धा र जायज मागहरु पूरा गर्न चुकेको बताए । ‘हामीले विगतमा नागरिकका जायज माग पूरा गर्न चुक्यौं ।’ उनले बताए ।
अब नेपाली कांग्रेसले नयाँ पुस्ताको आवश्यकता र परिवर्तनको आकांक्षालाई बुझेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।