दसैं मनाउन गाउँ जाने क्रम बढ्यो, ३ लाखभन्दा बढीले छाडे काठमाडौं

Oct 09, 2026 11:21 AM Merolagani



यसपालिको दसैं मनाउन गाउँ जाने क्रम सुरु भएको छ । दसैंमा घर फर्किनेहरुको लागि सरकारले अग्रिम टिकट बुकिङ खुलाएसँगै काठमाडौं छाड्ने क्रम सुरु भएको हो ।

 

हालसम्म ३ लाखभन्दा बढी मानिसले दसैं मान्न काठमाडौं छाडेको यातायात व्यवसायीले बताएका छन् । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा काठमाडौंमा बस्दै आएका नागरिक दसैँ मनाउन गाउँ फर्किन थालेका हुन् ।

काठमाडौंको गोङ्गबु बसपार्कलगायतका अन्य बसपार्कबाट गाडी चढेर गाउँ फर्किनेहरु बढेका छन् ।