सतर्कता केन्द्रको छड्के: समय पालना नगर्ने र पोसाक नलगाउने १ हजार १६७ कर्मचारीलाई कारबाही गर्न निर्देशन

Oct 09, 2026 02:59 PM Merolagani



कार्यालय समय पालना नगर्ने र तोकिएको पोसाक नलगाउने १ हजार १६७ जना राष्ट्रसेवक कर्मचारी कारबाहीको सिफारिसमा परेका छन्। 

राष्ट्रिय सतर्कता केन्द्रले असोज १ देखि २० गतेसम्म विभिन्न १०६ वटा सरकारी कार्यालयमा गरेको छड्के अनुगमनका क्रममा उनीहरू नियमविपरीत भेटिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अनुगमनका क्रममा तोकिएको समय पालना नगर्ने १ हजार १३२ जना र निर्धारित पोसाक नलगाउने ३५ जना कर्मचारी फेला परेका थिए। केन्द्रले ती सबै कर्मचारीलाई नियमानुसार विभागीय कारबाही गर्न सम्बन्धित मन्त्रालय तथा कार्यालयहरूलाई निर्देशन दिएको छ।