शुक्रबार साँझ मतदान सम्पन्न भएर गरिएको मतगणनाअनुसार उनी सभापतिमा निर्वाचित भएका हुन्
राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनामा सभापति निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गरेको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए । उनका अनुसार, थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन् । जसमा कुल ५४ मत बदर भएको थियो ।
७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
सभापति बाहेकका अन्य पदाधिकारीको मतगणनाका लागि मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको जनाइएको छ ।