सडक दुर्घटना न्यूनीकरण तथा सवारी आवागमनलाई व्यवस्थित बनाउने उद्देश्यले विभिन्न सडकखण्ड पार गर्न निश्चित समय निर्धारण गरिएको हो ।
प्रहरीले लागू गरेको टाइम कार्डअनुसार हेटौँडादेखि भैँसेसम्मको सडकखण्ड पार गर्न २५ मिनेट, भैँसेदेखि भीमफेदीसम्म ३० मिनेट र भीमफेदीदेखि कुलेखानीसम्म ४० मिनेट समय निर्धारण गरिएको छ । त्यस्तै, कुलेखानीदेखि फर्पिङसम्मको सडकखण्ड पार गर्न ४५ मिनेट समय तोकिएको छ ।
कुन खण्डलाई कति समय ?
हेटौँडा–भैँसे २५ मिनेट
भैँसे–भीमफेदी ३० मिनेट
भीमफेदी–कुलेखानी ४० मिनेट
कुलेखानी–फर्पिङ ४५ मिनेट