अप्पर हेवाखोलाले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

Oct 15, 2026 03:41 PM Merolagani



अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेको छ।

कम्पनीले सेबोनबाट अनुमति पाएमा हाल कायम सेयरधनीलाई १ः०.९१३ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ। यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५२ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ।

 




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।