प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान

Oct 16, 2026 10:48 AM Merolagani



प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन्। सरकारको दैनिक प्रशासनिक कार्यसम्पादन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि उनले उक्त बैठक आह्वान गरेका हुन्।

 

प्रधानमन्त्री शाहले यही असोज ३० गते शुक्रबार मध्यान्ह १२:३० बजेका लागि मन्त्रिपरिषद् बैठक डाकेका हुन्। उक्त महत्त्वपूर्ण बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

बैठकमा मन्त्रालयगत कार्यप्रगति, प्रशासनिक निर्णय तथा मुलुकको समग्र आर्थिक अवस्थाका बारेमा विस्तृत समीक्षा गरिने जनाइएको छ। विशेषगरी विकास निर्माणका कार्यलाई तीव्रता दिन पूँजीगत खर्च बढाउने र आन्तरिक उत्पादन अभिवृद्धि गर्ने विषयमा मन्त्रीहरूसँग गहन परामर्श हुनेछ।

यसैगरी वित्तीय स्थायित्व कायम गर्न, लगानीमैत्री वातावरण बनाउन शेयर बजारको सुधार तथा पूँजी परिचालनलाई थप प्रभावकारी बनाउने एजेन्डामा समेत बैठक केन्द्रित रहने स्रोतले जनाएको छ। बैठकबाट केही महत्त्वपूर्ण प्रशासनिक तथा नीतिगत निर्णयहरू पारित हुने अपेक्षा गरिएको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।