व्यवसायमा आएको सुस्तताले कालिकञ्चोक दर्शन खुद नोक्सानीमा, बाढी पहिरोको असरले आम्दानी घट्यो

Nov 04, 2026 10:12 AM Merolagani



कालिकञ्चोक दर्शन लिमिटेड (KDL) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको मुख्य व्यावसायिक आम्दानीमा गिरावट आएको छ भने खुद नोक्सानी (घाटा) बढेको देखिएको छ।

पहिलाे त्रैमासमा कम्पनीले ४५ लाख ९६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ, जब कि गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नोक्सानी ३३ लाख ८६ हजार रुपैयाँ रहेको थियो। 

यस नोक्सानीको मुख्य कारण यस वर्षको वर्षायाममा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा यसले पर्यटन आगमनमा पारेको प्रत्यक्ष नकारात्मक प्रभाव भएकाे वित्तीय विवरणमा उल्लेख छ। बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा पर्यटकहरूको आवागमन घटेको र कम्पनीको केबलकार तथा अन्य व्यावसायिक गतिविधिहरू नियमित रूपमा सञ्चालन हुन नसकेको व्यवस्थापनले जनाएको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालनबाट हुने आम्दानी घटेर ४२ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ, जुन गत वर्षको सोही अवधिमा ७२ लाख ८७ हजार रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफातर्फ पनि कम्पनी ६३ लाख ५४ हजार रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ६३ करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ५ करोड ३५ लाख रुपैयाँ सञ्चित रहेको छ। वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी २ रुपैयाँ ९२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ५० पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १२० रुपैयाँ ५६ पैसा कायम भएको छ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।