समीक्षा अवधिमा कम्पनीले ४२ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार यस वर्ष कम्पनीको खुद नाफामा १०४.५९ प्रतिशत अर्थात दाेब्बर बढेकाे हाे।
विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीमा भएको वृद्धि र सञ्चालन दक्षतामा आएको सुधारले कम्पनीको नाफालाई यो उचाइमा पुर्याउन मुख्य भूमिका खेलेको छ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेर ७४ करोड ३२ लाख रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ५७ करोड ४६ लाख ५६ हजार रुपैयाँ रहेको थियो। आम्दानीमा आएको यो वृद्धिसँगै कम्पनीको कुल मुनाफा ६८ करोड ५० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५५ करोड ४ लाख रुपैयाँ कायम भएको छ। कम्पनीको वित्तीय खर्च तथा प्रशासनिक खर्चमा देखिएको सन्तुलनले खुद नाफाको यो उच्च वृद्धिदरलाई थप टेवा दिएको छ।
कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३३ करोड़ २४ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा रहेको सञ्चित मुनाफा बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ, जसले कम्पनीको वित्तीय जगलाई थप मजबुत बनाएको संकेत गर्छ।
वित्तीय परिसूचकहरूमा पनि उल्लेख्य सुदृढता देखिएको छ, जहाँ कम्पनीको प्रतिशेयर आम्दानी बढेर ५१ रुपैयाँ ५७ पैसा पुगेको छ। यसैगरी, प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ २८ पैसा रहेको छ।
