बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज धनतेरसको अवसर पारेर भवनको शिलान्यास तथा जग पूजा गरेका हुन् करिव १ लाख ४५ हजार वर्गफिट बिल्टअप क्षेत्रफलमा निर्माण हुने उक्त भवन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवनको संरचना निर्माणदेखि इन्टेरियरलगायत सम्पूर्ण कामका लागि करिव ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष ढकालले प्रश्तावित भवन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको र साधनसम्पन्न केन्द्रिय कार्यालयमध्ये एक हुने विश्वास व्यक्त गरे । काठमाडौंको प्राइम लोकेसनमा निर्माण हुन लागेको भवन भविष्यमा एउटा आइकनिक भवनका रूपमा स्थापित हुने उनको भनाइ छ ।
उनले बैंकका ग्राहक, सेयरधनी, कर्मचारी तथा शुभेच्छुकहरूको साथ र सहयोगका कारण काठमाडौंको प्राइम क्षेत्रमा केन्द्रीय कार्यालय निर्माण गर्ने अवस्थामा पुगेको बताए । आगामी दिनमा पनि नियमनकारी निकाय, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, आम नागरिक तथा ग्राहकबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।
अध्यक्ष ढकालले भने,‘ग्लोवल आइएमई बैंकको केन्द्रिय कार्यालयको आज शिलान्यास भएको छ । सम्भवतः वाणिज्य बैंकहरूको केन्द्रिय कार्यालयमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको र साधनसम्पन्न कार्यालय भवनको आज शिलान्यास भएको छ । करिव १ लाख ४५ हजार स्क्वायर फिटको बिल्टअप एरियामा यो कार्यालय निर्माण हुनेछ । यसको निर्माण कार्य करिब तीन वर्षमा सम्पन्न हुनेछ भने संरचनादेखि इन्टेरियरसम्मका सम्पूर्ण कामका लागि करिव ३ अर्ब रुपैयाँ लागत लाग्नेछ । मलाई लाग्छ, यो कमर्सियल बैंकको पूर्वाधारका हिसाबले एउटा साधनसम्पन्न भवन हुनेछ । काठमाडौंको एकदमै प्राइम एरियामा, उत्तरढोकामा यो भवन अवस्थित छ । यो भवन निर्माण सम्पन्न भएपछि एउटा आइकनिक भवनका रूपमा पनि स्थापित हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ । म सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरू, बैंकका सेयरधनी साथीहरू, कर्मचारी साथीहरू र सम्पूर्ण शुभेच्छुकहरूलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । यहाँहरूको माया, साथ र सहयोग तथा बैंकप्रति देखाउनुभएको सद्भावका कारण आज हामीले काठमाडौंको एकदमै प्राइम ठाउँमा केन्द्रीय कार्यालयको शिलान्यास गर्न सकेका छौँ । आगामी दिनमा पनि हाम्रा नियमनकारी निकायहरू, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, आम नागरिक, ग्राहकहरू लगायत सबैबाट बैंकप्रति यस्तै सद्भाव र सहयोग प्राप्त भइरहनेछ भन्ने विश्वास लिएको छु ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले करिव ५९ लाख ग्राहकको माया, विश्वास र शुभेच्छाका कारण ग्लोवल आइएमई बैंक ठूलो बैंकका रूपमा स्थापित हुन सफल भएको बताउँदै अब आफ्नै भवनबाट सेवा संचालन गर्ने उद्देश्यले भवन निर्माण थालिएको जानकारी दिए । हाल बैंकका केन्द्रिय कार्यालयअन्तर्गतका विभिन्न विभाग एउटै भवनबाट सञ्चालन हुन नसकिरहेको अवस्थामा नयाँ भवन निर्माणपछि सबै विभागलाई एउटै छानामुनिबाट सेवा प्रदान गर्न सकिनेछ