सुन र चाँदी दुवैको मूल्य उल्लेख्य वृद्धि

Nov 05, 2026 11:00 AM Merolagani



कार्तिक १९ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य उल्लेख्य बढेको छ। यस दिन सुन प्रतितोला १३ हजार ३०० रुपैयाँ र चाँदी तोलामा २६५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँ कारोबार भएको थियो।

त्यस्तै,चाँदीको मूल्य प्रतितोला तीन हजार ९२० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला तीन हजार ६५५ रुपैयाँ किनबेच भएको थियो।